झापा- झापास्थित बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन्।
मंगलबार बेलुका ४ बजे बिर्तमोड-५ जात्रुबारी स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको हो।
त्यस्तै मंगलबार बेलुका ५ बजे बिर्तामोड-१ चारपाने स्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-१ कि देवी तामाङ र बिर्तामोड ५ कि २१ वर्षीया सिता खतिवडालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।