काठमाडौं– जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ। वेस्टफलेनस्टेडियनमा सम्पन्न खेलमा बोरुसिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो।
मंगलबार राति भएको फाइनलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। खेलको ४१ औं मिनेटमा लेन्वान्डोस्कीको गोलमा बायर्नले अग्रता बनाएको थियो। दोस्रो हाफमा थोमस मुलरले बायर्नको अग्रता दोब्बर बनाए। उनले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए।
डर्टमण्डका लागि मार्को रेउसले ६४ औं मिनेटमा गोल गरे पनि जितका लागि पर्याप्त बनेन। खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याए।
जर्मन सुपर कप जर्मन लिग बुन्डेसलिगा र डिफपी पोकलको विजेताबीच हुने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।