काठमडौं- साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीबाट तेस्रो चरणमा २८ खेलाडी छनोट भएका छन्।
साेमबार घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट १० खेलाडी बाहिरिएका हुन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अनुभवी फरवार्ड भरत खवास, जर्जप्रिन्स कार्की, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्जित धिमाल बाहिर छन्।
साफ च्याम्पियनसिप अक्टोबर पहिलो साता माल्दिभ्समा हुने तय छ। नेपालले उक्त प्रतियोगिताको तयारीका लागि भारतसँग भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रिपूर्ण खेल खेल्दैछ ।
२८ सदस्यीय टोली :
किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।