काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)काे केन्द्रीय समिति बैठक भदाै १ गतेदेखि बस्ने भएकाे छ। दुई दिनसम्म चल्ने बैठककाे अजेन्डा तय गर्न साेमबार कार्यकारिणी समितिको बैठक बसेको छ। सोमबार दिउँसाे १ बजे बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा पेस हुने अजेण्डा तय गरेको नेता नवराज सुवेदीले बताए।
जसपाको केन्द्रीय समितिको बैठक आगामी मंगलबार र बुधबार बिहान ११ बजेदेखि बस्ने भएको छ। पार्टी कार्यालयमा बैठकका लागि स्थान नपुग्ने भएपछि डिल्लीबजारको एक पार्टी प्यालेसमा बैठक गरिने भएको हो।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्ने भएका छन्। त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने भएका छन्।
यस्तै बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिने सुवेदीले बताए।
अभियानको संयोजकको रुपमा अशोक राईको नाम प्रस्ताव गरिएको छ। अन्य विविध विषयका रुपमा सरकार लगायत संगठन विस्तारका विषयसमेत समेटिएका छन्।
जसपाका ८ सय १ जना केन्द्रीय समिति सदस्यमध्ये ६ सयभन्दा धेरै आफ्नाे पक्षकाे उपेन्द्रपक्षको दाबी छ। पार्टी आधिकारिकता आफूहरुले पाएकाले बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा हुने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।