फाइल तस्वीर।
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्र कार्कीले (राम कार्की)ले संसद्मा अंग्रेजी शब्द कसले भित्र्याएको भन्दै प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कार्कीले संसद्मा आई मिस यू,आई लभ यू जस्ता शब्द कसले र किन भित्र्याएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।
एमाले सांसदहरूले केपी शर्मा ओलीलाई आई लभ यू भनेकोप्रति लक्षित गर्दै कार्कीले यस्तो टिप्पणी गरेका हुन्। सधै संसद्मा घोचपेच र उखानमात्र आउनु दु:खद् भएको उनले टिप्पणी गरे।
बेलायत र काबुलको समाचार नेपालका लागि दु:खद् भएको भन्दै उनले यसमा सरकारले पहल गर्न माग गरे। नेपालमै हाम्रा नागरिकलाई काम दिने वातावरण बनाउन माग गरे।
नयाँ सरकार आएपछि पुरानाले खिल्डी उडाउने मात्र संसद्मा देखिएको भन्दै उनले यो गलत भएको दाबी गरे। अफगानिस्तानबाट नेपालीहरूको उद्धार गर्न सांसद कार्कीले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।