काठमाडौं- सरकारले प्रदेश २ को प्रमुख फेर्ने प्रक्रिया सुरु गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रदेशका प्रमुख राजेश अहिराजलाई पदमुक्त गर्दै महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्तिको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मिश्र कांग्रेसका पुराना कार्यकर्ता हुन्। पछिल्लो समय सक्रिय राजनीतिमा नरहेका उनी २०४८ सालमा सांसद् र नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत भएका थिए।
नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी अहिराजलाई नियुक्त गरिएको थियो।
मिश्रको नियुक्तिसँगै प्रदेश २ ले चौथाे प्रदेश प्रमुख पाउनेछ। २०७४ माघमा प्रदेश २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ नियुक्त गरिएका थिए।
त्यस्तै २०७६ कात्तिकमा तिलक परियारलाई नियुक्त गरिएको थियो। २०७७ फागुनमा राजेश अहिराज नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।