काठमाडौं– बागमती प्रदेशसभाको बैठक भदौ १ गते मंगलबार बस्ने भएको छ। मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
संसद बैठकअघि आज सोमबार अपराह्न ४ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेसमेत सचिवालयले जनाएको छ।
यसअघि प्रदेश सभा बैठक असार २८ गते बसेको थियो। दुई विधेयक पारित भएसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका स्थगित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।