काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि अविलम्व प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफू र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन्।
'यस आपातकालीन अवस्थानमा सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार हो। परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्', प्रचण्डले लेखेका छन्।
यसका लागि आफ्नो व्यक्तिगत एवं माओवादी पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने प्रचण्डले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।