काठमाडौं– अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले उक्त घोषणा गरेका हुन्।
अफगानिस्तानमा नेपालीको स्थिति बुझ्न आइतबारै निर्देशन दिइसकेको बताउँदै उनले तत्काल उद्धारको पहल गरिने बताएका छन्। ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ उनले भनेका छन्।
अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारको दायित्व नेपाल सरकारको रहेको उनको भनाइ छ। ‘सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ उनले भनेका छन्, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।