काठमाडौं- यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ।
टोटेनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटी १-० गोल अन्तरले पराजित भएको हो। टोटेनहमको जितमा ह्युङ मिन सनले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा सनले निर्णायक गोल गरेका हुन् । गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले न्युकासल युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।