काठमाडौं- इन्डियन आइडलको १२ औं संस्करण पवनदीप राजनले जितेका छन्।
आइतबार राति भएको ग्राण्ड फिनालेमा भारत उत्तराखण्डका पवनदीप राजनलाई इन्डियन आइडल १२ औं सिजनको विजेता घोषणा गरिएको थियो। उनले ट्रफि, कार र २५ लाख भारतीय रुपैयाँ हात पारेका छन्।
इण्डियन आइडलको १२ औं सिजनमा अरुणिता कंजिलाल र सायली काम्बले रनर-अप रहे। ग्राण्ड फिनाले करिब १२ घन्टा चलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।