• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालको रणनीति : ओलीलाई ‘डेट एक्सपाएर’ अध्यक्ष करार गर्ने, पार्टी फुटाउन हतार नगर्ने

64x64
डिबी खड्का आइतबार, साउन ३१, २०७८  २२:०५
1140x725

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीपक्षले वरिष्ठ नेता माधवकुमार नेपालपक्षसँग सामूहिक सौदाबाजीको औचित्य सकिएको घोषणा गरेको छ। ‘पार्टीमा काम गर्न चाहनेलाई’ कुनै पनि बेला मौका दिने भन्दै संस्थापन (ओली) पक्ष ‘अधिकतम एकता’ रणनीति कार्यान्वयनतर्फ अघि बढेको छ।

यही बेला नेपालपक्ष भने आफ्नो जरो बलियो बनाउन सक्रिय छ। नेकपा एमालेकै नाममा समानान्तर कमिटी निर्माण र कार्यकर्ता भेलालाई नेपालपक्षले पुन: रफ्तारका साथ अघि बढाइरहेको छ। पछिल्लो एक हप्ताका गतिविधि नियाल्ने हो भने हरेक दिन नेपालपक्षले कुनै न कुनै कार्यक्रम गरेको छ र त्यहाँ वरिष्ठ नेता नेपालले सम्मानजक एकताका लागि सम्मानजनक हैसियत निर्माण गर्नुपर्ने सन्देश प्रवाह गरिरहेका छन्। छुट्टिनका लागि पनि त्यही शक्ति हतियार हुने संकेत गरिरहेका छन्।

दुई हप्ताअघि मात्रै नेपालपक्षको केन्द्रीय र स्थायी कमिटीले ‘एकताका लागि अन्तिमसम्म प्रयास गर्ने’ निष्कर्ष निकालेको थियो। यही रणनीतिक निष्कर्षमा टेकेर नेपालपक्षले ‘नयाँ बाटो’ खनिरहेको छ। एमालेमै फर्कंदा ओलीलाई ‘डेट एक्सपायर अध्यक्ष’ करार गर्ने र त्यस्तो अवस्था नआएको दिन समानान्तर कमिटीलाई ‘पार्टी पुन:गठन’को रुपमा नयाँ स्वरुपमा ढाल्ने तयारी नेपालपक्षले गरेको बुझिन्छ।

नेपालका नजरमा ओली ‘डेट एक्सपायर’ अध्यक्ष 
वरिष्ठ नेता नेपालले पछिल्लो एक हप्तामा गरिरहेका भाषण पछ्याउँदा उनले एउटा कुरामा बढी जोड दिइरहेको पाइन्छ। साउन २४ गते दोलखाका कार्यकर्तालाई 'भर्चुअल' सम्बोधन गर्दा होस् वा ३० गते बागमती प्रदेश सम्पर्क कमिटी घोषणा गर्दा, उनले एमाले अध्यक्ष ओली वैधानिक नरहेको कुरालाई जोडतोडका साथ उठाए।

उनले साउन ३० गते, शनिबार उक्त कार्यक्रममा दोहोर्‍याए, ‘उहाँ (ओली) पाँच वर्षका लागि अध्यक्ष हो। २०७१ सालदेखि २०७६ असारसम्म। अब उहाँको अवधि पुग्यो, डेट एक्सपाएर भइसक्नुभयो। डेट एक्सपायर औषधि खाए मरिँदैन? उहाँले त दुई वर्ष एक्स्ट्रा बोनस पाउनुभएको छ। २०७१ देखि २०७७ असारमा सात वर्ष पूरा भएर आठ वर्ष लागिसक्यो। तै पनि निर्वाचित अध्यक्ष भन्नुहुन्छ, कस्तो होला मान्छे!’

उनले किन यो कुरालाई बहसको विषय किन बनाइँदैन भन्दै प्रश्नसमेत गरिरहेका छन्। नेपालले यस विषयलाई उठाउनुका पछाडि महत्त्वपूर्ण रणनीतिक कारण छन्। एक त ओली र त्यसअन्तर्गत बनेका संरचनाको औचित्य समाप्त भइसकेको करार गर्दा आफूले बनाइरहेका समानान्तर कमिटी र त्यसका गतिविधि स्वाभाविक ठहर्छन्। अर्को, अध्यक्षको दाबी स्वाभाविक ठहर्छ।

अध्यक्ष होइन, प्रणाली स्वीकार 
नेपालले यस्तो भाष्यमा जोड दिनुको अर्को कारण एकताका लागि आफूले अध्यक्ष स्वीकार्दा पदलोलुपको ट्याग नलागोस् भन्ने देखिन्छ। एमाले एकता जोगाउन दोस्रो अध्यक्षको बहस कायम राख्दा संस्थापन पक्षले आरोप लगाइरहेको छ, ‘महाधिवेशन हार्ने अनि अध्यक्षको अपेक्षा गर्ने?’ यही भाष्यलाई चिर्न एमालेको वर्तमान अवस्थालाई संक्रमणकालका रुपमा लिएर महाधिवेशनसम्म संक्रमणकालीन प्रणाली बनाउने रणनीति नेपालपक्षको देखिन्छ।

पार्टी समस्याको समाधान खोज्ने दोस्रो तहका नेताहरुको उक्त प्रस्तावलाई सुरुमा नेपालले ‘चलाखी’कै रुपमा बुझे। त्यसैले इन्कार गर्दै नयाँ प्रस्ताव राखे, ‘समान अध्यक्षको प्रस्ताव हो भने बनाउनुपर्छ, ठीक छ। मलाई होइन, झलनाथ खनाललाई बनाउँ।

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष ओलीले नै नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरेका थिए। त्यो अनेकतालाई चिर्न नभइ आफूलाई बदनाम गर्न चालिएको चाल रहेको सुरुदेखि नै नेपालले बुझेका छन्। त्यसैले गत साउन ७ गते ओलीको उक्त प्रस्ताव बोकेर दुवै पक्षका नेताहरु ईश्वर पोखरेल, भीम रावल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल नेपाललाई भेट्न पुगेका थिए।

उनीहरुको प्रस्ताव थियो- नेकपाकालमा अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जस्तै दुई अध्यक्षको प्रस्ताव छ।

पार्टी समस्याको समाधान खोज्ने दोस्रो तहका नेताहरुको उक्त प्रस्तावलाई सुरुमा नेपालले ‘चलाखी’कै रुपमा बुझे। त्यसैले इन्कार गर्दै नयाँ प्रस्ताव राखे, ‘समान अध्यक्षको प्रस्ताव हो भने बनाउनुपर्छ, ठीक छ। मलाई होइन, झलनाथ खनाललाई बनाउँ। नयाँ पुस्ताबाट बनाउँ। मैले यसमा सहमति जनाएँ भने त पदका लागि र्‍यालैर्‍याल काढेर बसेको थियो, लोभिँदै आइपुग्यो भन्छन्।’

दोस्रो पुस्ताका नेताहरुले आफू मिलाउन सक्रिय रहेकाले उक्त प्रस्तावको विरोधमा तत्काल नबोल्न आफूसँग आग्रह गरेको नेपालले बताउँदै आएका छन्। उनको भनाइ छ, ‘उहाँहरुले चुप लागेर बसिदिनुहोस्। टेप टाँसेर बसिदिनुहोस् भन्नुभयो।’ नेपाललाई यति सहमत गरेर आएका दोस्रो पुस्ताका नेताहरुले शीर्ष तहमा भेटघाट गराएर एकतालाई टुंगोमा पुर्‍याउनेगरी गृहकार्य थालेका थिए। असार २७ गते १० बुँदे सहमति गरिसकेकाले त्यसैको आधारमा दुई अध्यक्षीय प्रणालीद्वारा समस्याको समाधान हुने उनीहरुको बुझाइ थियो।

तर, दुई अध्यक्षीय प्रणालीको ठोस खाका नबनेको भन्दै अध्यक्ष ओलीलाई भेट्न नेपालले रुचि देखाएनन्। आफू अध्यक्ष दिन र भेट्न तयार हुँदा पनि नेपालले थप शर्त राखेको भन्दै ओली बिच्किए र आफ्नो उक्त प्रस्तावको औचित्य सकिएको घोषणा गरे। उनले नेपाललाई ‘गद्दार’, ‘देशद्रोही’ लगायतका उपमा दिँदै पार्टीमा कुनै ठाउँ नरहेको बताए। 

यस विषयमा नेपालको बुझाइ छ, ‘यो सबै नक्कली कुरा रहेछ। एकपटक होइन, पटक-पटक यस्तै भएको छ। इमान्दार भएन भने विश्वास गर्न गाह्रो हुन्छ।’

नेपालले तत्कालका लागि दुई अध्यक्षीय प्रणाली खोजेका छन्। ती अध्यक्षले गर्ने कामको स्पष्ट विभाजन चाहेका छन्। उनीपक्षीय नेता रघुजी पन्तले यस विषयमा थप स्पष्ट पार्दै नेपाल लाइभसँग भने, ‘अर्को अध्यक्ष हो भने कार्यविभाजन पनि हुनुपर्‍यो। अध्यक्ष त त्यत्तिकै बस्दैन होला नि त। त्यसका अधिकार र कर्तव्य पनि परिभाषित गरौं। फेरि अधिकारका लागि किन झगडा गर्नु?’

अधिकार वा हस्ताक्षरसहितको अध्यक्ष नपाउँदा ओलीले आफ्नो पक्षमा लागेकाहरुलाई पेल्ने गरेको विगतबाट नेपाल सचेत छन्। उनको बुझाइ छ, ‘आफ्नो हो कि होइन भनेर ओलीले डीएनए मात्रै होइन, रगत, दिशापिसाव, खकार सबै जाँच गर्छन्। आफ्नो पक्षमा छ भने जस्तोसुकैलाई पनि जिम्मेवारी दिन्छन्। एसएलसी मात्रै पास राजदूत बन्छन्।’

समानान्तर गतिविधि नै शक्ति
शुक्रबार बागमती प्रदेशस्तरीय भेलामा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘अब तीव्र गतिमा समानान्तर कमिटी लिएर जाउँ। गाउँ-गाउँमा, बुथबुथमा समानान्तर कमिटी बनाउँ। भेला प्रशिक्षण गरौं।’

उक्त कार्यक्रममा नेपाल पनि सहभागी थिए। शाक्यको उक्त प्रस्तावमा नेपालले थप जोड दिए। त्यसपछिका कार्यक्रममा पनि त्यसलाई रणनीतिक रुपमै अघि बढाउनुपर्ने उनी बताइरहेका छन्।

समानान्तर कमिटीहरु गठन उनले एकता वा छुट्टिने दुवै निर्णयका लागि ‘शक्ति’ बन्ने आकलन गरेका छन्। उनले यसअघिको समानान्तर कमिटीले ओलीलाई आफूसँग कुरा गर्न तयार गरेकोसमेत सम्झेका छन्। त्यसले गत चैत ४ र ५ गतेको भेला सफल पार्न सघाएको उनको बुझाइ छ। ‘भेलाका विषयमा सुरुमा कति मान्छे छन् र आउलान् भनेर प्रचार गरियो। बढीमा २०० आउलान् भनियो। तर, हरेक जिल्लाबाट २०० आउने देखेपछि चैत २ मा ओली आत्तिएर हामीसँग वार्ता गर्न आएका हुन्,’ नेपालले शनिबारको कार्यक्रममा भनेका थिए।

नेपालपक्षका एक नेताका अनुसार समानान्तर कमिटीले दुईटा लाभ भएको छ। पहिलो, आफ्नो पक्षलाई गोलबन्द गरिएको छ। दोस्रो, देशभरमै आफ्नो शक्ति आकलन गर्न सहज भएको छ।

समानान्तर कमिटीलाई ओलीले समेत सकारात्मक रुपमा लिनुपर्ने नेपालको भनाइ छ। यसले सबैतिर पार्टी कार्यकर्ता सक्रिय र संगठित भइरहेको बताउँदै एकताका लागि बाधक नबन्ने उनी बताउँछन्। शनिबारको एक कार्यक्रममा नेपालले भने, ‘हाम्रा देशभित्रका मात्रै होइन, प्रवासका संगठन पनि सक्रिय छन्। जिल्ला-जिल्लामा जुम मिटिङ भइरहेको छ। युवाहरुले पिपुल्स भोलेन्टियर, अखिल फोर्सका रुपमा काम गरिरहेका छन्। तपाईं (ओली) किन आत्तिएको? यी जम्मै तपाईंकै सम्पत्ति हुन्। एमालेका सम्पत्ति हुन्। अध्यक्षले विनाभेदभाव समेटे हुँदैन?’

अहिले आफ्नोपक्षमा भएका कार्यकर्ता र ओलीसँग असन्तुष्टलाई गोलबन्द गर्न समानान्तर कमिटी बनाउँदै जाने नेपालपक्षको रणनीति छ। जुन पछिल्लो हप्ता तीव्र भइरहेका छन्। प्रदेश, जिल्ला, भ्रातृ संगठन हुँदै समन्वय समितिसमेत बनाउन थालिएको छ।

ओलीपक्षले फागुन २८ गते एकलौटी निर्णय गरेपछि नेपालपक्षले २९ गते समानान्तर कमिटीको अभ्यास सुरु गरेको हो। फागुन २९ मा बसेको नेपालपक्षको स्थायी कमिटी बैठकले सातै प्रदेशको इञ्चार्ज र विभागीय प्रमुख पनि तोकेको थियो। प्रदेश १ प्रमुखको जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, प्रदेश ४ मा सुरेन्द्र पाण्डे, लुम्बिनी-कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी भीम रावलले पए। युवा विभाग प्रमुख रघु पन्त, विद्यार्थी विभाग गोकर्ण विष्ट, प्रचार विभाग योगेश भट्टराई, महिला विभाग अष्टलक्ष्मी शाक्य र बुद्धिजीवी विभाग प्रमुख प्रमेश हमाललाई बनाइयो।

सुरुआतमा समानान्तर गतिविधि तीव्र बनेपछि ओलीले २ चैतमा नेपालपक्षसँग भेट गरे। नेपालले त्यो भेटमाथि टिप्पणी गरेका थिए, ‘सुरुमा गुलियो थियो तर, अन्तिममा टर्रो भयो।’ त्यसले नेपालपक्षको राष्ट्रिय भेला रोकेन।

चैत ६ गतेदेखि नेपाल समूहले समानान्तर कमिटी विस्तारको अभियान अघि बढायो। महिला भेलाले जयन्ती राईको अध्यक्षतामा अनेमसंघको समानान्तर कमिटी गठन गर्‍यो। त्यसको भोलिपल्ट नेपालपक्षीय युवा संघको भेला भयो। जसबाट नरेश शाहीलाई अध्यक्ष बनाएर अर्को कमिटी गठन भयो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ५०१ केन्द्रीय सदस्य रहेको समानान्तर कमिटी गठन गर्‍यो। जसको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्षमा वसिम आलम र महासचिवमा आरती लामा चयन भए। जनसंगठनपछि प्रदेश र जिल्ला कमिटीमा पनि समानान्तर कमिटी बनिसकेका छन्।

नेपालपक्षका एक नेताका अनुसार समानान्तर कमिटीले दुईटा लाभ भएको छ। पहिलो, आफ्नो पक्षलाई गोलबन्द गरिएको छ। दोस्रो, देशभरमै आफ्नो शक्ति आकलन गर्न सहज भएको छ।

एकता : आफ्नै दोस्रो तहको ‘मन राख्नुपर्ने’ बाध्यता
नेपाल अध्यक्ष ओलीसँग एकता हुनेमा सुरुदेखि नै सशंकित थिए। तर, दुई हप्ताअघि बसेको उनीपक्षीय केन्द्रीय तथा स्थायी कमिटीको बैठकले अन्तिमसम्म एकताको प्रयास गर्ने निष्कर्ष निकाल्यो।

यसलाई नेपालले आफ्नो बाध्यताका रुपमा अर्थ्याएका छन्। उनले शनिबार बागमती प्रदेश समन्वय समिति गठन कार्यक्रममा सम्बोधन गर्दै यसलाई स्पष्ट पारे। उनको भनाइ थियो, ‘अहिले पनि आशाको त्यान्द्रो छ हेरौं ...? तपाईं भन्नुहोला, कतिसम्म पर्खिनुभएको बालुवा पेल्ने? म त प्रस्ट छु, तपाईंहरु जस्तै। मैले होइन, पेल्ने साथीहरुको बाटो हेरेको। चित्त बुझाउनै पर्‍यो, कुरा तपाईंहरुलाई थाहा छ। विश्वास दिलाउनैपर्‍यो।’

उनले ‘पहिलो प्रतिनिधि सभा विघटन प्रतिगमन हुने, अनि दोस्रो क्रान्तिकारी हुन्छ?’ भन्दै पछि ओलीनिकट पुगेकाहरुलाई समेत व्यंग्य गरेका छन्। तर, एकता नहुने कुरामा दृढता व्यक्त गर्दै उनी थप्छन्, ‘अहिले त आशा गरेका पनि छाँगाबाट खसेका होलान्। एकताका लागि मरिहत्ते गर्ने वामदेवको कुरा सुनिसक्नुभयो होला नि।’

आफ्नो पक्षका केही नेताहरु सरकारमा जान लालायित भए पनि उनीहरुलाई रोकेको उल्लेख गर्दै नेपालले भने, ‘साथीहरु दाम्लै चुँडाएर जाने कोसिसमा हुनुहुन्थ्यो। अहिले त्यसो नगर्नुहोस् भनेर रोकेका छौं।’

अध्यक्ष ओलीले आफूमाथि लगाएका आरोपलाई ख्याल गर्ने हो भने श्रीमान-श्रीमतीको समेत डिभोर्स हुने टिप्पणी नेपालले गरेका छन्। उनले भने, ‘उहाँले बोलेका कुरा ख्याल गर्ने हो भने श्रीमान्-श्रीमतीको समेत डिभोर्स हुन्छ। उहाँले गद्दार, देशद्रोही, अनुशासनहीन, काम नलाग्ने मान्छे, के छ हैसियत? प्रचण्डको कारिन्दा जस्ता शब्दको प्रयोग गरिसक्नुभयो।’

आफ्नो स्वभिमानमाथि आँच आएको बताउँदै नेपालले प्रश्न गरे, ‘मान्छेको स्वाभिमानभन्दा ठूलो कुरा केही हुन्छ? समाजमा मान्छे किन बाँच्छ? अपमानित भएर बाँच्न सक्छ?'

आफूहरु विभेद र अपमानविरुद्धमा विद्रोहको शंख बजाउँदै राजनीतिक यात्रामा अघि बढेकाले सहन नसकिने उनले संकेत गरे। उनले यस्तो अवस्थामा आइपुग्दा पनि ओलीमा पश्चातापबोध नरहेको बताए। उनले भने, ‘केपी ओलीमा अहिले पनि पश्चातापबोध छैन। अब त घैंटोमा घाम लाग्ला भन्यो, बालुवाबाट तेल निस्किएला कि भन्यो तेल निस्किदैन।’

पार्टी उपाध्यक्ष गौतम र अन्य केही आफ्ना निकटस्थहरु अझै बालुवा पेलिरहेको संज्ञा दिँदै उनले भने, ‘वामदेव कमरेड अझै बालुवा पेल्दै हुनुहुन्छ, हाम्रा कमरेडहरु अझै लागिराख्नुभएको छ।’

आफू कमलो मन बनाएर हदैसम्म लचिलो भएको उनको भनाइ छ। तर, ओलीको बालुवा असाध्यै सुख्खा भएकाले तेल ननिस्किएको टिप्पणी उनले गरिरहेका छन्।

फुटाउन हतार नगर्ने
ओलीका गतिविधिले पार्टी एकता सम्भव नदेखेका नेपालले अन्तिमसम्म कोसिस गर्ने कुरालाई रणनीतिक हतियार बनाइरहेको प्रस्टै बुझिन्छ। तर, उनी यसमा हतारिने पक्षमा छैनन्। सरकारमा नजाने ‘क्लियर’ गरिसकेको बताइरहेका उनले निर्वाचन पनि ढिलै भएकाले फुटाउनुपर्ने राजनीतिक कारण देखेका छैनन्। उनले यस विषयमा कार्यकर्तालाई स्पष्ट पारेका छन्, ‘हामीले सरकार बनाउँदै गर्नुहोस्। अहिले नै सरकारमा कसैलाई पठाउन सक्दैनौं। हाम्रै टुंगो छैन भनेका छौं।’

आफ्नो पक्षका केही नेताहरु सरकारमा जान लालायित भए पनि उनीहरुलाई रोकेको उल्लेख गर्दै नेपालले भने, ‘साथीहरु दाम्लै चुँडाएर जाने कोसिसमा हुनुहुन्थ्यो। अहिले त्यसो नगर्नुहोस् भनेर रोकेका छौं।’

पार्टी फुटाएको आरोपबाट मुक्ति पाइने र ओलीसँग असन्तुष्टलाई जोड्दै अघि बढ्ने तयारीमा नेपाल रहेको बुझिन्छ। नेपालले नै भनेका छन्, ‘केपीको नेतृत्वमा भएका जम्मै निर्णय फिर्ता लिने हो र नेतृत्वको प्रणालीमा फेरबदल भयो भने एकता गर्ने अन्तिम पर्खाइमा रहेका छौं। पर्खाइ साउन, भदौ वा अझै परसम्म हुनसक्छ। चुनाव डेढ वर्षपछि भएकाले हामीलाई हतार छैन।’

उनले अहिले यही पार्टीभित्र अन्तिमसम्म कोसिस गर्न लागिपर्ने कुरामा जोड दिने बताए। उनको भनाइ छ, ‘हाम्रो इच्छा र चाहना एकता हो। एकताको सबै ढोका बन्द भयो भने पार्टीलाई पुन:गठन गर्ने हो।’

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्