काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले आगामी हप्ताभित्रै २२ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ।
तत्कालीन नेकपा हुँदा २०० केन्द्रीय सदस्यमध्ये केही एमालेमा प्रवेश गरेका र अन्य विविध कारणले रिक्त भएका केन्द्रीय सदस्य हप्ता दिनभित्रै थप गर्ने निर्णय गरेको केन्दीय सदस्य युवराज चौलागाईंले बताए।
'अहिले १७८ जना केन्द्रीय सदस्य छौं, त्यसमा २२ केन्द्रीय सदस्य थप्ने निर्णय भएको छ,' उनले भने, 'त्यो हप्ता दिनभित्र थप्ने गरी स्थायी समितिलाई जिम्मा दिइएको छ।'
त्यसमा युवासहित समानुपातिक समावेशीका आधारमा थपिने उनले बताए। प्रदेश समितिहरुका केही रिक्त पदाधिकारीसमेत तत्काल थप गर्ने निर्णय भएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।