काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सकिएको छ। शनिबारदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठक आइतबार बेलुका सकिएको हो।
महत्त्वपूर्ण निर्णयहरु लिँदै र निष्कर्ष निकाल्दै सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।
प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यस्तै, त्यस्तै विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ।
बैठकले केही समसामयिक प्रस्तावहरु पनि पारित गरेको प्रवक्ता श्रेष्ठले बताए।
पारित विधान अन्तरिम विधानको रुपमा लागू हुने प्रवक्ता श्रेष्ठले बताए। विधानलाई राष्ट्रिय सम्मेलनबाट अन्तिम रुप दिइने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।