काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु उचाइमा पुग्नैपर्ने बताएका छन्। आइतबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा रुपान्तरण आवश्यक रहेको बताए।
'अहिले पनि चुनौती र खतरा छन्। त्यसैले हामी जिम्मेवार भएर अघि बढ्नुपर्ने छ। रुपान्तरण आवश्यक छ, हामीले सक्नैपर्छ। हामी एउटा उचाइमा पुग्नैपर्छ। हामी सबैले रुपान्तरण गर्ने अभियान यो बैठकले गरेको छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'हामी सबैले अगाडि बढ्नु नै पर्छ। यो नेतृत्व अगाडि अहिले ठूलो अवसर पनि छ। परिवर्तनका लागि त्याग गर्नेतर्फ पनि तपाईंहरु सबै तयार रहनुहोला।'
प्रचण्डले तलैसम्म नेपाली जनतासित जोडिन नेताहरुलाई आग्रह गरे। 'हामीले त्यस्तो केही खोजी गर्नुपर्यो। यो मेरो राजनीतिक प्रस्तावमा प्रस्ट लेखेको छ,' प्रचण्डको भनाइ थियो।
उनले अब नयाँ ढंगले अघि बढ्नुपर्ने बताए। 'यहाँ सोचेजस्तो भएन। राजतन्त्रको अन्त्य भयो। गणतन्त्र आयो। यसो हेर्दा हामीले सोचेको जस्तो केही त भयो पनि। तर, अहिले पनि सामन्तवादी प्रवृत्ति हाबी नै छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।