फाइल तस्वीर।
काठमाडौं- प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठक आइतबार सिंहदरबारमा बसेको थियो।
समितिले आफ्नो निर्देशनमा नेपालीहरूलाई हवाई उडानमार्फत् वा अन्य उपायद्वारा तत्काल उद्धार गर्न भनेको हो।
अफगानिस्तानको विद्रोही समूह तालिवानका लडाकुहरु राजधानी काबुलसमेत प्रवेश गर्दै गर्दा नेपालीको अवस्थालाई लिएर चिन्ता प्रकट गरिएका छन्।
नेपालीलाई तत्काल उद्धार गर्नका लागि सरकारलाई दबाब बढ्दै गएको स्थितिमा संसदीय समितिले समेत निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।