काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीका कदमको विरोध गर्दा 'ओली प्रवृत्ति' नभनेर 'केपी प्रवृत्ति' भन्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ।
लुम्बिनी प्रदेशका तर्फको समूहगत छलफलमा केन्द्रीय सदस्य दीपेन्द्र पुनले 'ओली प्रवृत्ति' भन्दा समुदायलक्षित हुने भएकाले 'केपी प्रवृत्ति' भन्नुपर्ने सुझाव दिएका हुन्।
'ओली प्रवृत्ति भन्दा समुदायलाई असर पर्ने भयो। त्यसकारण केपी प्रवृत्ति भनाैं भनेर सुझाव आएको छ', माओवादीको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।