काठमाडौं- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गतेका लागि प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरेका छन्। सोही अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको प्रदेश सभा सदस्य इन्द्रजित थारुले बताए।
उनका अनुसार मुख्यमन्त्री केसीले भदौ १ वा २ गते विश्वासको मत लिने तयारी गरेका छन्।
गत बिहीबार केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी ४२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। केसीको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकार बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।