काठमाडौं- नेकपा (एमाले)ले बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले गर्दै आएको आन्दोलनलाई कूटनीतिक पहलमार्फत् समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराएको छ।
बेलायती सहकर्मीहरु सरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गोर्खा सैनिकहरु आन्दोलनरत छन्। सैनिक सेवामा रहेका बेलायती नागरिकसरह सुविधा र तलबको मागसहित गोर्खा सैनिकहरुको अनसनसमेत सुरु गरेका छन्।
नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न एमालेले सरकारका ध्यानाकर्षण गराएको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धिको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राखेकोसमेत एमालेले स्मरण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।