• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादीको प्रस्तावित अन्तरिम विधानमा के छ? [बुँदागत]

64x64
नेपाल लाइभ आइतबार, साउन ३१, २०७८  १४:५०
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल जारी छ। छलफलका लागि निर्माण गरिएको आठ वटा समूहले आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन्।

पार्टीको स्थायी समिति बैठकपछि अन्तरिम विधान २०७८ पनि पारित हुनेछ। जसमा केही संशोधन पनि हुनसक्छ। बैठक सम्भवतः आजै सकिने प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ।

विधानमा माओवादीको यसअघिको लथालिंग शैलीलाई केही व्यवस्थित गर्न खोजिएको देखिन्छ। केन्द्रीय कमिटी पनि २९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ। साथै, सबै समितिहरु समावेशी हुने निश्चित गरिएको छ।

प्रस्तावित अन्तरिम विधानमा के छ त? यस्ता छन्, मुख्य बुँदाहरुः

१) माओवादी केन्द्रका दुई थरी सदस्य रहने छन्- सदस्य र संगठित सदस्य। संगठित सदस्यले मात्रै पार्टीको बैठक, अधिवेशन र महाधिवेशनमा चुन्ने, चुनिने, नीति तथा निर्णयमा मतदान गर्ने र सम्बन्धित समितिमा आफ्नो मत जाहेर गर्न पाउने छन्।

१) पार्टीका आठ वटा केन्द्रीय निकायहरु रहने छन्। जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन्। आयोगहरु स्वायत्त निकाय हुनेछन्। आयोगका पदाधिकारी र सदस्यहरु पार्टीका अध्यक्ष कुनै समिति, निकाय वा जनवर्गीय, पेसागत वा सामुदायिक संगठनमा हुने छैनन्।

३) राष्ट्रिय महाधिवेशन पाँच वर्षमा गरिनेछ। विशेष परिस्थितिमा केन्द्रीय समितिले यसको स्पष्टीकरणसहित बढीमा छ महिनासम्म महाधिवेशनको समय सार्न सक्नेछ। तर, नेकपा कायम रहेको २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्मको समयलाई गणना गरिने छैन। राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि संगठित सदस्य भइ कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ। तर, गरिबीको रेखामुनि रहेका वर्ग, महिला, दलित, सीमान्तकृत, जनजाति, मुस्लिम र अपांगता भएका व्यक्तिहरुको हकमा सो अवधि तीन वर्षको मात्रै भए पुग्नेछ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रको प्रस्तावित विधान : केन्द्रीय समिति २९९ सदस्यीय [पूर्णपाठसहित]आइतबार, साउन ३१, २०७८

४) अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय समिति हुनेछ। केन्द्रीय समितिको बढीमा एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ स्थायी समिति हुनेछ। अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहनेछ। त्यस्तै, महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेतको एक केन्द्रीय सचिवालय रहनेछ। केन्द्रीय कमिटीले पार्टीमा एकताबद्ध वा प्रवेश गर्ने समूह वा व्यक्तिहरुमध्येबाट केन्द्रीय समितिमा बढीमा १० प्रतिशतसम्म सदस्य मनोनीत गर्नसक्ने छ।

nimb
nimb
Ncell 2
Ncell 2

५) सामान्यतया केन्द्रीय समितिको बैठक छ महिना, पोलिट ब्युरोको बैठक चार महिना, स्थायी समितिको बैठक एक महिनामा बस्नेछ।

६) पार्टीको प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित बढीमा १७५ सदस्य रहने छन्। त्यस्तै, काठमाडौं उपत्यका विशेष समितिमा १५१ सदस्य रहने छन्। भूगोलका जिल्ला समितिमा ९९ सदस्य (सम्बन्धित जिल्लामा कार्यरत प्रदेश समितिका सदस्यहरु पदेन सदस्य रहने छन्), विशेष जिल्ला समिति ६५ सदस्यीय, महानगर समिति ९९ सदस्यीय, उपमहानगर समिति ८१ सदस्यीय, नगर समिति ६५ सदस्यीय, गाउँ समिति ५५ सदस्यीय, महानगरका वडा समिति ४१ सदस्यीय, उपमहानगरका वडा समिति ३१ सदस्यीय, नगर वा गाउँका वडा र शाखा समिति २१ सदस्यीय, नगर र गाउँका टोल समिति १५ सदस्यीय पार्टीका सेल ११ सदस्यीय हुने छन्।

७) सबै तहका निर्वाचित समितिहरु स्थानीय विशेषताअनुरुप समावेशी चरित्रका हुने छन् र तिनमा ३५ प्रतिशत महिला सदस्य हुने छन्। केन्द्रीय समितिमा १५ प्रतिशत दलित समुदायबाट रहने छन्। अन्य समिति सदस्यहरुमा सबै समितिको भूगोलले समेटेको दलित जनसंगठनको अनुसपातमा दुई प्रतिशत थप गरी राखिनेछ। गैरभौगोलिक समितिमा सम्बन्धित समितिको दलित पार्टी सदस्यको अवस्था हेरी दलित समुदायलाई समावेशीकरणको व्यवस्था गर्नुपर्नेछ। सबै पार्टी समितिहरुमा २० वर्षदेखि माथिका युवाहरुलाई २० प्रतिशतको संख्यामा समावेश गरिनेछ।

८) हरेक निर्वाचित समितिमा कूल सदस्य संख्याको बढीमा १० प्रतिशत वैकल्पिक सदस्य रहने छन्। उनीहरुलाई समितिको निर्णय प्रक्रियामा मतदान गर्ने, चुन्ने र चुनिनेबाहेक अन्य सम्पूर्ण अधिकार र कर्तव्य पूर्ण सदस्यसरह हुनेछ।

९) निर्वाचित समिति र आयोगका पदाधिकारी वा सदस्यले पदबाट राजीनामा दिन चाहेमा अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यले अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्षसमक्ष र आयोगको अध्यक्षले सचिवसमक्ष राजीनामा पेस गर्ने छन्। केन्द्रीय समिति सदस्यले राजीनामा दिन चाहेमा उपाध्यक्षसमक्ष पेस गर्ने छन्।

१०) बिनाउचित कारण र बिनासूचना लगातार तीन पटकसम्म समितिको बैठकमा अनुपस्थित भएमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यको पद रिक्त हुनेछ।

११) जनवादी केन्द्रीयता पार्टीको संगठनात्मक सिद्धान्त हुनेछ।

१२) राष्ट्रिय महाधिवेशन अगावै पार्टीको नीति, कार्यक्रम, संगठन, पार्टी एकता वा विभाजन वा कुनै विशेष परिस्थिति उत्पन्न भएमा केन्द्रीय समितिले राष्ट्रिय सम्मेलनको आयोजना गर्न सक्नेछ। त्यस्तो सम्मेलनले गरेको निर्णयको अनुमोदन त्यसपछि आयोजना हुने राष्ट्रिय महाधिवेशनद्वारा गरिनु पर्नेछ। राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व केन्द्रीय समितिले तोकेबमोजिम हुनेछ।

१३) पार्टीको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र नगर/गाउँ समितिअन्तर्गत तोकिएबमोजिमका विभागहरु रहने छन्।

१४) राष्ट्रिय महाधिवेशन, अधिवेशन र बैठकहरुमा सबै विषयमाथि छलफल गर्दा जनवादी प्रक्रिया अपनाइनेछ। निर्णय प्रक्रियामा मत विभाजन भएमा बहुमतको निर्णय पार्टी निर्णय हुनेछ। 

१५) परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित पार्टी समितिले निर्वाह खर्चको व्यवस्था गर्नेछ।

१६) पार्टीको केन्द्रीय कोषको स्रोतहरु शुल्क तथा लेबी, चन्दा सहयोग, प्रकाशन बिक्री-वितरण, पार्टीको सम्पत्तिको परिचालन र स्रोतका लागि सञ्चालन गरिने उत्पादन कार्य, विशेष कार्यक्रम वा अभियान हुनेछ।

१७) नेपालको संविधानले व्यवस्था गरेको संसद्‍को दुई तिहाइ बहुमतबाट अनुमोदन हुनुपर्ने विषयमा निर्णय लिँदा पार्टी केन्द्रीय समितिको दुईतिहाइ बहुमत आवश्यक हुनेछ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
सम्बन्धित सामग्री
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो मन्त्रीपरिषदबाट एकैपटक निर्णय गरेर ८ वटा अध्यादेशहरु किस्ता–किस्तामा राष्ट्रपति कार्यालय पुगेका छन् । त्यसमध्ये सम्पत्ति सुद्धिकरण अ... शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्