काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। हिजोदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उठेका विषयमा छलफल गरी अन्तिम रुप दिन स्थायी समिति बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
यसअघि बिहान पनि स्थायी समिति बैठक बसेको थियो। बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको थियो।
'अहिलेसम्म आठवटै समूहको छलफलको रिपोर्ट केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएको छ। अब अहिले स्थायी कमिटीको बैठक बस्दै छ। स्थायी कमिटीको बैठकले रिपोर्टमा प्रस्तुत भएका विभिन्न सुझाव र जिज्ञासाहरुलाई सम्बोधन गर्ने बारेमा छलफल गर्दै छ,' माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
अहिले बस्न लागेको बैठकमा केन्द्रीय समितिमा उठेका कतिपय विषयलाई अन्तिम रुप दिइने प्रवक्ता श्रेष्ठको भनाइ छ। स्थायी समितिपछि पुनः केन्द्रीय समिति बस्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।