काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मित्रराष्ट्र भारतको ७५औं स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदीलाई शुभकामना पठाएका छन्।
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदी, भारत सरकार र भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामनासमेत गरेका छन्।
‘भारतका ७५औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतलाई बधाई एवं शुभकामना दिन चाहन्छु,’ देउवाले ट्वीटरमा लेखेका छन्।
भारतले बेलायती उपनिवेशबाट मुक्त भएको १५ अगस्तलाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।