काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ।
शनिबार राति सम्पन्न चालु सिजनको पहिलो खेलमा रियलले डिपोर्टिभो अलाभेसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा करिम बेन्जिमाले दुई तथा नाचो फर्नान्डेज र भिनिसियस जुनियरले एक/एक गोल गरे।डिपोर्टिभोका लागि जोसेलुले सान्त्वना गोल फर्काए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ५६औं मिनेटमा नाचोको गोलमा रियलले अग्रता दोब्बर बनाएको थियो।
खोलको ६२ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता तेब्बर बनाए। ६५औं मिनेटमा जोसेलुले गोल गर्दै डिपोर्टिभोलाई ३–१ को स्थितिमा ल्याए।
खेलको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ४–१ गोलको सहज जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।