काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा बिहान ११ बजे सुरु हुने भएको छ। आजको बैठकमा समूहगत रुपमा तयार गरिएको सुझाव प्रस्तुत गर्ने र सोमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।
यसअघि केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा विभाजन गरी पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल गराइएको थियो।
आजको बैठकमा सबै समूहहरुबाट छलफलको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
शनिवारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अजेन्डा प्रस्तुत गरेका थिए। जुन पारित गरिएको छ।
आजको बैठकले समूहगत सुझावमा आएको सुझावका आधारमा प्रतिवेदनलाई संशोधन गरिनेसमेत प्रवक्ता श्रेष्ठको भनाइ छ।
सम्भव भएसम्म बैठक आजै अन्त्य गरिने उनले जानकारी दिए।
हिजाेकाे बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो।
यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा समेत छलफल भएको माओवादी केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।