काठमाडौं- ललितपुरको ‘ए’ डिभिजन क्लब थ्री स्टारले क्यामरुनका मिडफिल्डर राफाएल बिडियास रिम्गागोलाई भित्र्याएको छ।
क्लबले शनिबार राफाएलसँग एक वर्षका लागि सम्झौता गरेको हो।
राफाएलले क्यामरुनको अफ्रिकन रुट्सबाट केहि प्रतियोगिता खेलेका थिए। त्यसपछि नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सबाट खेलेका थिए।
थ्री स्टारले यसअघि राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ र कप्तान विक्रम लामासँग पनि सम्झौता नविकरण गरिसकेको छ।
यस्तै, आयुष घलान, डोना थापा र संजोक राई र निशान खड्का पनि क्लबमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।