काठमाडौं- गत वर्ष मध्यम प्रदर्शन गरेको भ्यालेन्सियाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई १-० ले पराजित गर्दै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो।
१० खेलाडीमा सिमित घरेलु टोलीको जितमा कार्लोस सोलेरले गरेको गोल नै निर्णायक बनेको थियो।
खेलको तेस्रो मिनेटमै हुगो गुइलामोनले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो।
गेटाफेका मिडफिल्डर नेमान्जले माकसिमोभिचलाई लडाएपछि उनलाई सिधा रातो कार्ड दिइएको हो। त्यसको आठ मिनेटपछि कार्लोस सोलरले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सुरूवाती अग्रता दिलाए।
रूसी विन्गर डेनिस चेरयेसेभलाई लडाएपछि उनले पेनाल्टी प्रहारको अवसर पाएको थिए।
यस्तै, खेलको ७६ औं मिनेटमा एरिक काबाकोले दोहोरो पहेलो कार्ड पाएपछि गेटाफेपनि १० खेलाडीमा सिमित भएको थियो।
यस जितसँगै भ्यालेन्सियाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ।
गेटाफेले भने हारबाट सिजनको सुरुवात गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।