काठमाडौं- जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा साविक विजेतन बायर्न म्युनिख बराबरीमा रोकिएको छ।
शुक्रबार राति सम्पन्न खेलमा बायर्न बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
मोन्चेनग्लाडबाखको मैदानमा भएको खेलको १०औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले लार्स स्टिन्डीलको पासमा गोल गरेका हुन्।
तर, ४२ औं मिनेटमा जोसुवा किमिचको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए।
त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।