काठमाडौं–७४ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्षस्तरको इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद् सुरुवात गरेको छ। उसले यस सिजनको पहिलो खेलमानै आर्सनलमाथि शानदार जीत हात पारेको छ।
शुक्रबार राति भएको पहिलो खेलमा नवप्रवेशी क्लब ब्रेन्टफोर्डले आर्सनललाई २-० ले पराजित गरेको हो।
ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक/एक गोल गरे। घरेलु मैदानमा खेलको २२ औं मिनेटमा सेर्गीले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए। खेलको ७३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए।
खेलमा बल नियन्त्रण कायम राखेपनि आर्सनल गोल गर्नबाट चुक्दा सिजनको पहिलो खेल सुखद् हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।