काठमाडौं- सन् २०२०/२१ को यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरिएको छ।
युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेकाे हाे।
फाइनल खेलेका चेल्सी र म्यानचेस्टर सिटीका खेलाडीले अवार्डको मनोनयनमा दबदबा बनाउँदा पछिल्लो डेढ दशक च्याम्पियन्स लिग अवार्डमा निरन्तर आफ्नो दबदबा कायम गर्दै आएका युभेन्टसका फर्वाड क्रिस्टियानो रोनाल्डोले भने शीर्ष १० खेलाडीमा पनि अटाउन सकेनन्।
गत सिजन युभेन्टस च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित हुँदै राउन्ड अफ १६ बाट बाहिरिएको थियो।
यूईएफएले मनोनयन गरेको उत्कृष्ट फरवार्डको सुचिमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की, बोरुसिया डर्टमुन्डका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलियन एमबाप्पे शीर्ष तीनमा छन्। शीर्ष तीन खेलाडीको अंक भने अवार्ड घोषणा हुने दिन सार्वजनिक हुनेछ।
यता, शीर्ष १० मा क्रमश लिओनल मेस्सी ७६ अंक, करिम बेन्जेमा ७० अंक, नेयमार २३, काइ हाभर्ट्ज १६, रहीम स्टर्लिङ १६, मेसन माउन्ट ६ र रोमेलु लुकाकुकाे ६ अंक रहेको छ।
यस्तै, उत्कृष्ट मिडफिल्डरतर्फ चेल्सीका एनगोलो कान्टे र जर्जिन्होसँगै सिटीका केभिन डे ब्रुएन पनि मनोनयनमा छन्।
सिटीकै इल्काए गुन्डोगन १५, मेसन माउन्ट १५, फ्रेंकी डे जोङ ९, लुका मोड्रीच ९, पेड्री ६, जिओर्जिनिओ वाइनाल्डम ५ र काइ हाभर्ट्ज ५ अंकसहित शीर्ष १० मा अटाएका छन्।
डिफेन्डरतर्फ मनोनयनमा चेल्सीका कप्तान सेजार एज्पिलीक्वेटा र एन्टोनियो रुडीगरसँगै सिटीका रुबेन डियास परेका छन्।
यता, पीएसजीका मार्किन्हस ७८, थियागो सिल्भा ५९ , काइल वाल्कर ३५, जिओर्जियो किएलिनी १८, जोन स्टोन्स १५, डेविड आलाबा १४ र लिओनार्दो बोनुची १४ अंकसहित शीर्ष १० स्थानमा छन्।
गोलरक्षकमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेस्टर सिटीका एडरसन र रियल म्याड्रिडका थिबाउट कोर्टुवा रहेका छन्।
यता, पीएसजीका केलर नाभास ५०, बायर्नका म्याउएल नोएर ३६, जान ओब्लाक ३५, जियानलुइजी डोनारुम्मा २०, मार्क आन्दर टेर स्टेगन १३, अगुस्टिन मार्चेसिन ४ र एलिसन बेकर ४ अंकसहित शीर्ष १० मा रहेका छन्।
खेलाडीलाई मत दिन च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गर्ने ३२ क्लबका प्रशिक्षक तथा युरोपेली स्पोर्ट्स मिडियाका ५५ पत्रकार रहेका छन्।
मत दिनेले हरेक पोजिसनका तीन खेलाडीलाई क्रमश ५, ३ र १ अंक दिएका छन्। सर्वाधिक अंक प्राप्त गर्नेले उपाधि जित्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।