काठमाडाैं- भक्तपुरको भक्तपुर नगरपालिका ५ बाट १० जना जुवाडे पक्राउ परेका छन्।
भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको पुल हाउसमा जुवा खेलिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पुल हाउस सञ्चालक देउलासहित १० जना छन्। प्रहरीले जुवा खालबाट १ लाख ८९ हजार नगद बरामद गरेको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।