काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले बैंकिङ कसुरका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेको प्रहरीले जनाएको छ।
उनले पर्याप्त मौज्दात रकम नभएको खाताको चेक दिएकाले अदालतले बैंकिङ कसुर ठहर गरेको थियो।
उनलाई उच्च अदालत पाटनको २०७६ साल जेठ २१ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र बीस लाख रुपैयाँ जरिवाना तोकेको थियो।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई शुक्रबार काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।