काठमाडौं- कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र भारतका राजदूत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा भेटवार्ता भएको छ।
शुक्रबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस भेटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।