कपिलवस्तु– कपिलवस्तुकाे वाणगंगा नगरपालिकाबाट रेड पान्डाकाे छालासहित तीन जना पक्राउ परेका छन्।
जिल्लाकाे सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पान्डाको छाला र १ थान रेड पान्डाको पुच्छरसहित ३ जनालाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा झापाकाे बिर्तामोड नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेकाे प्रहरीले जनाएकाे छ।
उक्त लजमा रेड पान्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले छाला र पुच्छरसहित उनीहरूलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।