सांकेतिक तस्वीर
काठमाडौं- ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालक पक्राउ परेका छन्।
बिहीबार राति साढे १० बजे काठमाडौंको कलंकी चोकस्थित सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी हवलदार नकुल गिरीले सवारी चेकजाच गर्ने क्रममा घुस दिन खोज्ने सवारी चालकलाई नियन्त्रणमा लिइएको हो।
साथमा कागजपत्र नभएको ना ३ ख ९८४३ नम्बरको मिनि ट्रक चालक मकवानपुर बस्ने वर्ष ४० का कप्तान स्यान्तानलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।