काठमाडौं– जबरजस्ती करणी प्रयासको आरोपमा एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुलाई पक्राउ गरिएको रुपन्देहीका एसपी मनोजकुमार केसीले बताए।
साउन २४ गते एक महिलालाई बलात्कार उद्योग गरेको भन्ने उजुरी परेपछि उनलाई बिहीबार नियन्त्रणमा लिइएको एसपी केसीले बताए। पक्राउ परेका केसीविरुद्ध बलात्कार उद्योगमा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
उनी स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। पछि सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका उनी सो पार्टीको केन्द्रीय उपाध्यक्ष समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।