काठमाडौं– बलात्कार मुद्दाका आरोपी छुटाइदिने भन्दै एक करोड रुपैयाँ माग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ सारङ्कोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठी छन्। उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।
२०७७ फागुन १९ गते बलात्कार मुद्दाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु। नत्र १५ वर्ष जेल जान्छ’ भनी उनले झूठ्ठो आश्वासन तथा विश्वास दिलाई प्रलोभनमा पारेका थिए। त्यसपछि प्रतिवादी पक्षबाट १२ लाख रुपैयाँको चेक र नगद १ लाख १० हजार रुपैयाँ लिई उनले ठगी गरेका थिए। ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका उनलाई प्रहरीले पोखरा महानगरपालिका–१८ सारङ्कोटबाट पक्राउ गरेको हो ।
यसअघि सोही घटनामा संलग्न रहेका सुर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।