काठमाडौं– कर्तव्य ज्यानसम्बन्धी कसुरका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। शिवजी भनिने ग बहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार पक्राउ गरेको हो।
रामेछापको खाँडादेवी गाउँपालिका–६ का ४६ वर्षीय खत्रीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको चांगाथलीबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
कर्तव्य ज्यान कसुरमा अनुसन्धान गर्न खत्रीलाई प्रहरी वृत्त कालिमाटी पठाइएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताए।
खत्रीले भगवती लामा अधिकारीलाई २०६२ पुस ६ गते कलंकी लामापाटीस्थित आफ्नै कोठामा शरीरमा आगो लगाएर फरार भएका थिए।
आगो लागेर गम्भीर घाइते भएकी भगवतीको उपचारको क्रममा वीर अस्पतालमा २०६२ पुस ७ गते मृत्यु भएको थियो। सोही मुद्दाको कसुरमा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।