काठमाडौं- पोखरामा नगद ७४ हजार २८० रुपैयाँसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा फुलबारीस्थित चीनबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा पोखरा ९ नागढुंगाका पुरन गुरुङ, चीनबहादुर गुरुङ, पोखरा १४ चाउथेका फणिन्द्रराज पौडेल, पोखरा १० रामघाटका हरिकुमार गुरुङ, पोखरा ११ फूलबारीका रामबहादुर गुरुङ र पोखरा १० मिलन टोलका हिमबहादुर गुरुङ रहेका छन्।
पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।