फाइल तस्वीर।
काठमाडौं- हुम्लामा सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ। बुधबार साँझ सुर्खेतबाट कार्गाे लिएर गएको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले रनवेमा अवतरण गर्ने क्रममा सीता एयरको नाईनएनएएचडी डोनिएर जहाजको बायाँ टायर पन्चर्ड भएको हो। अहिले जहाजलाई पार्किङस्थलमा लगिसकिएको प्रहरी निरीक्षक भण्डारीले बताए।
टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो। विमानमा सवार चालक दलका सबै सदस्यहरु सकुशल रहेको प्रहरीले जनाएको छ।
विमानको टायर पन्चर्ड भएपनि अन्य केही क्षति नभएको विमानास्थल कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।