• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसका संस्थापनइतर जिल्ला सभापतिहरुको राय : अबको विकल्प विशेष महाधिवेशन

64x64
लिलु डुम्रे बुधबार, साउन २७, २०७८  १७:४९
1140x725

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन भदौमा नहुने संकेत देखिएको छ। भदौ २३ अघि १४ औं महाधिवेशन हुन सकेन भने पार्टीको वैधानिकतामा प्रश्न उठ्छ।

अधिवेशन प्रक्रिया सुरु हुन नसक्नुको मुख्य कारण क्रियाशील सदस्यताको छानबिन भनिएको थियो। छानबिन समितिले आफ्नो कार्य टुंग्याएसँगै तल्लो तहको अधिवेशन सुरु भइहाल्ने नेताहरुको प्रतिक्रिया थियो। क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कार्य सकेरमात्रै पनि महाअधिवेशन हुन नसक्ने देखिएको छ।

साउन १२ मा क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको थियो। धनुषा, सर्लाही, बारा, सप्तरी, काभ्रे, रसुवा लगायतका जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको प्रतिवेदन समितिले बुझाएको थियो। केही जिल्लाका वडामा विवाद रहेपछि उक्त स्थानमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यता कायम रहने सहमति समितिमा बनेको थियो।

क्रियाशील सदस्यता छानबिन समितिले बुझाएकै जस्तो अवस्था जिल्लामा नरहेको सभापतिहरुको दाबी छ। करिब ४० जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको संस्थापनइतरका नेताहरुको बुझाइ छ। संस्थापनइतरका जिल्ला सभापतिहरुको सोमबार र मंगलबारको बैठकमा समस्या थप उजागर भएको छ। 

अर्कोतर्फ, क्रियाशील सदस्यताको विवाद समाधान गर्न भनि शीर्ष तहका नेतालाई जिम्मेवारी दिएपनि कुनै प्रगति हुन सकेको छैन। बिहीबार बस्ने केन्द्रीय समिति बैठक अघि सहमति पहिल्याउने भनिएपनि दुई साता खेर गइसकेको छ।

भदौबाट कांग्रेसको वैधानिकता सकिँदैछ। विधि अनुसार कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने नै हाम्रो चिन्ता हो। वैधानिक विधि अपनाएर महाधिवेशन हुनुपर्दछ

विवाद थप बढ्दै गएपछि विशेष महाधिवेशनको विषय उठाउन भएको छ। उक्त विषयलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गराएका छन्। उनी पक्षीय जिल्ला सभापतिहरु नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुन सक्ने बताउँछन्। 

क्रियाशील सदस्यता विवाद, भेलाको कारण र आसन्न महाधिवेशनको सन्दर्भमा रहेर लिएर नेपाल लाइभसँग केही जिल्ला सभापतिले आफ्नो विचार प्रस्तुत गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सबुज बानियाँ (काठमाडौं जिल्ला सभापति)

पार्टीको गतिशिलता र अधिवेशनको सुनिश्चिताका लागि छलफल गरेका हौं। विधि र संस्थागत रुपमा महाधिवेश कसरी गर्ने भन्ने समस्या पार्टीमा छ।

दुई तिहाइ नजिकको सरकार हटेर हाम्रै दलको सभापति प्रधानमन्त्री हुनुभएको छ। जनअपेक्षा पुरा गर्ने तयारी के छ त?
परिस्थिति अलि जटिल भएका स्थान छन्। आन्तरिक रुपमा मिलाउनपर्ने कतिपय कुराहरु पनि छन्। वाहिर देखिए जस्तो विवाद छैन भनि त्यसलाई चिर्न पनि आवश्यक छ। जिल्ला सभापतिहरुको धारणा एकीकृत गरि शीर्ष नेतालाई ध्यानाकर्षण गराउनको लागि बैठक बसेका हौं।

संविधानले दिएको अवधि सकिन लागेकाले महाधिवेशन गर्नैपर्ने वाध्यता छ। खुला रुपमा राजनीति गर्न कांग्रेसले नपाएको बेलामा पनि महाधिवेशन भएका थिए। कोरोनाका कारणले असहज छ। तर, सहज रुपमा महाधिवेशन कसरी गर्ने भन्ने विषय बहसमा छ। बहसका रुपमा विशेष महाधिवेशन वा सामूहिक सहमतिको महाधिवेशन पनि आएका छन्। ति बहस महाधिवेशन गर्नुपर्ने वाध्यताले भएका हुन्। विधि र पद्धतिको आधारमा रहेर महाधिवेशन गर्नुपर्नेमा जिल्ला सभापतिहरु एक मत छौं।

राजीव कोइराला (सुनसरी जिल्ला सभापति)

भदौबाट कांग्रेसको वैधानिकता सकिँदैछ। विधि अनुसार कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने नै हाम्रो चिन्ता हो। वैधानिक विधि अपनाएर महाधिवेशन हुनुपर्दछ। विशेष महाधिवेशन गरेर भएपनि वैधानिकता बचाउने विषयमा पनि छलफल भएको छ। ७७ वर्ष पुरानो पार्टीको बैधानिकता जोगाउनुपर्नेछ।

कुनै पनि हालतमा भदौ २३ भित्र महाधिवेशन हुनैपर्छ भन्ने प्रमुख कुरा हो। जीवन्त र महान पार्टीले वैधानिकता जोगाउन संविधानको छिद्र खोजेर जाने होइन। केही कठिनाइका बाबजुत पनि भदौमा महाधिवेशन गर्न सकिन्छ। विधानका धारा निलम्बन गरेर तल्लो संरचनाको महाधिवेशन छोट्याउन सकिन्छ। विवाद भएका स्थानमा १३ औं महाधिवेशनका प्रतिनिधि कायम गर्न सकिन्छ। समाधान गर्नु राम्रो, यदि त्यसो हुन सकेन भने १३ औं महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर विवादित स्थानको टुंगाउन सकिन्छ। जिल्ला सभापतिहरुको चिन्ता पार्टी कसरी जोगाउने भन्ने नै हो। आक्षेप लगाउन भेला भएका होइनौं। 

रमेश धमला (धार्दिङ जिल्ला सभापति)

पार्टीको वैधानिकता माथि प्रश्न उठेको छ। साथै, आसन्न महाधिवेशन विधि संगत हुने नहुने अर्को प्रश्न छ। केही समयपछि पार्टीले वैधानिकता गुमाउँदैछ भन्ने कुरा आम शुभेच्छुक तथा कार्यकर्तालाई जानकारी छ। केन्द्रीय समिति पनि यो विषयमा जानकार छ। 

मूल समस्या भनेकै क्रियाशील सदस्यताको विवाद हो। कतिपय वडाले निर्विवाद पठाएका नामहरु हटाइएको छ। कतिपय नाम थपिएको छ। समायोजनको नाममा जिल्लाबाट नभई केन्द्रबाट थपिने काम भएको छ। परिपत्र भन्दा बाहिर गएर नामावली पठाइएको छ। जिल्ला सभापतिसँग छलफल नै नगरि एकाएक नाम थप्ने र हटाउने कार्य भएको छ। यीनै विषय तिव्र रुपमा उठेपछि ध्यानाकर्षण गराउनुपर्छ भनि जिल्ला सभापतिहरुले पहल गरेका हौं। महाधिवेशन गर्नका लागि क्रियाशील सदस्यता विवाद टुंगाउनै पर्दछ। हामीले छिटो टुंगाउन भनिरहेका छौं। 

अर्को विषय, समयमा महाधिवेशन गर्न सकेनौं भने पार्टीको वैधता कसरी जोगाउने अर्को चासो हो। समूह र पक्षधरतालाई पन्छाएर मूल कुरा पार्टी हो। पार्टीलाई केन्द्रबिन्दुमा राखेर छलफललाई अगाडि बढाउनुपर्दछ। कानुनविद्को भर्सन बुझ्ने, नेताहरुको कुरा पनि सुन्ने तथा जिल्ला सभापतिहरुको आवाज सुनिनुपर्छ भनेर हामीहरु लागिरहेका छौं। 

हामी भेला भएर अर्को पक्षलाई शक्ति देखाउन खोजेका होइनौं। जिल्ला सभापतिहरुको अधिकारको कुण्ठित गर्ने कार्य हामीलाई स्वीकार्य हुँदैन। प्रधानमन्त्री हुने कुरा जति सभापतिलाई महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण एउटा क्रियाशील सदस्यलाई महाधिवेशन प्रतिनिधि बन्ने कुरामा पनि छ नि! 

फागुनबाट प्रारम्भ हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस स्वस्थकर देखिनुपर्दछ। प्रदेश र संघीय निर्वाचनमा अरुलाई जित्ने कांग्रेस बनाउनुपर्नेछ। त्यसका लागि कांग्रेस सिंगो पार्टी एक हुनुपर्दछ।

महाधिवेशन तोकिएकै समयमा गराउनुपर्दछ भनि हामी भनिरहेका छौं। म गराउँछु भनि सभापतिले भनिरहनुभएको छ। तर, कहीँ न कहीँ समस्या छ। तल्लो तहको अधिवेशन सारियो, हामी चुप लागेर बस्यौं। छानबिन समितिले पनि आफ्नो काम समयमा सकेन। निर्वाचन निर्देशिका बन्न सकेन। यी सबै कार्य समयमा नभएपछि के थाहा भयो भने महाधिवेशन समयमा हुँदै छैन। 

एकता भत्किने गरि छलफल भएको छैन। विशेष महाधिवेशन गर्ने कुरा सभापतिलाई जबरजस्ति हटाउनका लागि आएको होइन। सभापतिसँग छलफल गरेर नै निकास निस्कने हो। यसलाई गलत रुपमा बुझ्न हुँदैन। 

पार्टी बलियो हुँदा नै हाम्रो र भावी पुस्ताको भविष्य बलियो हुन्छ। मूल कुरा पार्टी हो, पार्टी नै नरहे हाम्रो भविष्य कहाँ रहन्छ? चिन्ता राख्नु अधिकारको कुरा पनि हो, त्यसैले हामी छलफलमा जुट्यौं। 

कर्ण मल्ल (डडेल्धुरा जिल्ला सभापति)

सभापतिको गृहजिल्लाको सभापति भएर अर्को पक्षको छलफलमा सहभागी हुने कुरालाई गलत तरिकाले बुझ्न हुँदैन। गुट/उपगुट, संस्थापन र इतरको छलफल डाकिएको होइन। कुनै गुटलाई प्रश्रय दिने छलफल पनि होइन। 

कांग्रेसको विग्रदो स्वास्थ्य छ। यसै सालको फागुनबाट प्रारम्भ हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस स्वस्थकर देखिनुपर्दछ। प्रदेश र संघीय निर्वाचनमा अरुलाई जित्ने कांग्रेस बनाउनुपर्नेछ। त्यसका लागि कांग्रेस सिंगो पार्टी एक हुनुपर्दछ।

१४ औं महाधिवेशन भदौमा नहुने संकेत देखिएको छ। आन्तरिक विमतिलाई थाती राखेर महाधिवेशन गर्ने विकल्पको सन्दर्भमा छलफल हुनुपर्दछ। विशेष महाधिवेशन एउटा माध्यम हुनसक्दछ। त्यस बाहेक अरु विकल्प हुन्छन् भनेपनि त्यसमा टेकेर सिंगो कांग्रेस एक ठाउँमा हुनुपर्दछ। १३ औं महाधिवेशनका प्रतिनिधिलाई नै आधार मानेर विशेष महाधिवेशन गर्न सकिन्छ। अन्य दलबाट आएकालाई प्रतिनिधि बनाउन शीर्ष नेतृत्वमा छलफल गरेर कुनै न कुनै निकास निस्कन सक्छ।
केन्द्रीय समितिले जिल्ला सभापतिको निर्णयको आधारमा अघि बढोस् भन्ने हाम्रो चाहना हो। 

अमरसिंह पुनः (रोल्पा जिल्ला सभापति)

जिल्ला सभापतिहरुको भेला ‘इतर र उतर’पक्षको भन्ने कुरा होइन। पार्टीको बैधानिकता बचाउन चाहने सबै साथीहरुको भेला गरेका हौं।  संविधान मिच्दै जाँदा केपी ओली बालुवाटारबाट बालकोट जानुप¥यो। सत्ता छ भनेर हाम्रो पार्टीले पनि संविधानलाई कुल्चेर गयो भने के हुन्छ? महाधिवेशन हुनका लागि सबैभन्दा पहिले क्रियाशील सदस्यताको क्लियर हुनुप¥यो। विधान अनुसार क्रियाशील सदस्यताको वितरण हुन सकेको छैन। विधानतः आएका नामहरुलाई पनि केन्द्रबाट कटाउने कार्य भएको छ। तलबाट नआएको नाम केन्द्रबाट थपिएको छ। 

क्रियाशील सदस्यता छानबिन प्रारम्भिक चरणमा जिल्ला तहमा हुनुपर्ने हो। प्रारम्भिक समितिलाई पन्छाउने कार्य भएको छ। त्यो कार्य विधान विपरित हो। विधानले नचिन्ने समिति गठन गरिएको थियो। विवादित क्रियाशील सदस्यताको छानविन गर्ला भन्नुभन्दा विवाद झन थपेको छ। विवादित नभएका टुंगाएर विधान विपरित आएका स्थानमा १३ औं महाधिवेशनकै प्रतिनिधि कायम गर्नुपर्दछ।

कांग्रेसलाई राम्रो बनाउने होइन कि पार्टीलाई कब्जा गर्ने कार्यमा नेतृत्व लागेको छ। वैधानिक तरिकाले आएका नामहरु राखियोस् र विधान बाहिरबाट ल्याएर लाद्न खोजिएका नामहरु हटाइयोस्। 

अनलाइन मार्फत नाम राख्ने भनेर १६५ क्षेत्रमा इन्ट्री गर्नसक्ने दक्ष कार्यकर्तालाई खर्च गरेर खटाइयो। पार्टी समयानुकल भयो भनेर नाम इन्ट्री गरियो। तर, आफ्नो पक्षका (संस्थापन)ले जहाँ जसले पनि खोलेर थप्न र हटाउन सकिने बनाइयो। त्यो काम रोकियोस्। 

पत्रकार महासंघको अधिवेशनमा देशभरीबाट मतदान हुनसक्छ भने कांग्रेसको किन हुनसक्दैन? सक्नुपर्दछ। 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्