काठमाडौं– संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ रहेको नेपाली शान्ति सैनिकहरुको टाेली अदलीबदली भएको छ।
मालीमा तैनाथ इओडी गुल्म सातौं डम्फालाई बदली गर्न प्रमुख सेनानी संगीत पुनको नेतृत्वमा इओडी गुल्म आठौं डम्फाको १३९ जनाको टोली मंगलबार युएनको चार्टर फ्लाइटमार्फत मिशन इलाका माली प्रस्थान गरेको छ ।
मालीमा आफ्नो कार्यकाल समाप्त गरी सेनानी निर्मल खड्का नेतृत्वको ९७ नेपाली शान्ति सैनिकको टोली मंगलबार नै काठमाडौं आइपुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।