काठमाडौं- लोकदोहरी प्रतिष्ठानको बहिष्कारमा परेका गायक दुर्गेश थापाले नयाँ तीज गीत ल्याएका छन्।
थापा र पल शाहको नयाँ तीज गीत ‘बीच्च बीच्चमा ५’ सार्वजनिक भएको हो। गीतमा दुर्गेशको शब्द संगीत रहेको छ भने उनलाई स्वरमा बसन्त थापाले साथ दिएका छन्।
केही साता अघि सार्वजनिक दुर्गेशको गीत ‘ख्यास्स पुतली’ चर्को आलोचना भएपछि लोकदोहरी प्रतिष्ठानले गायक थापालाई बहिष्कार गर्ने बताएसँगै उनी चर्चामा रहेका छन्। आलोचना खेपिरहेका थापाले पुन अर्को गीत ल्याएका हुन्।
नयाँ गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतमा दुर्गेश र पल दुबैजना फिचर्ड छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।