काठमाडौं- थ्री स्टार क्लबले राष्ट्रिय टोलीका मुख्य डिफेन्डर अनन्त तामाङसँग सम्झौता नवीकरण गरेको छ।
सम्झौता अवधि सकिएपछि थ्री स्टार र अनन्तबीच सोमबार सम्झौता नवीकरण भएको हो।
अनन्तले २०७६ को लिगमा थ्री स्टारबाटै खेलेका थिए।
थ्री स्टारले सहिद ‘ए’ डिभिजन लिग लक्षित गर्दै खेलाडी भित्र्याइरहेको छ। थ्री स्टारले शनिबार मात्रै मिडफिल्डर सन्जोक राई र डिफेन्डर निशान खड्कासँगको सम्झौता नवीकरण गरिएको थियो।
‘ए’ डिभिजन लिग आगमी २९ कात्तिकदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।