• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

पौडेलले भनेजस्तै देउवा सर्वत्र असफल हुन्?

64x64
लिलु डुम्रे सोमबार, साउन २५, २०७८  २१:५५
1140x725

काठमाडौं- समयमा महाधिवेशन गर्न नसक्ने स्थिति आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोचित हुने क्रम बढ्न थालेको छ। भदौ १६ देखि १९ सम्मका लागि तोकिएको १४औं महाधिवेशन नहुने दिशातिर अघि बढेपछि देउवा संस्थापनइतरका नेताको ‘तारो’ बन्न पुगेका छन्।

महाधिवेशन हुन नसकेपछि पार्टीको सर्वोच्च पदमा रहेका देउवाले त्यसको अपजस स्वभाविक रुपमा बढी लिनुपर्ने हुन्छ। देउवाको कार्यकाल असफल भएको आरोप लगाउँदै आएको संस्थापनइतर समूहबाट उनीमाथि वचनको ‘प्रहार’ कायमै छ। देउवाको कार्यशैली र क्षमताको बारम्बार प्रश्न उठाइरहने वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत् ‘सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्’ भनी लेखे।

महाधिवेशन समयमा गर्न देउवाले नसकेको रोष उनले सामाजिक सञ्जालमा पोखे। सर्वत्र असफल व्यक्तिहरू भनी उनले ‘हरु’ थपेपनि मुख्य आक्रोश पार्टी सभापतिमाथि थियो। पार्टी विधानले दिएको चार वर्षे कार्यकालमा महाधिवेशनको कुनै सुरसार भएको थिएन। असाधारण परिस्थितिलाई कारण देखाएर विधानले दिएको प्रावधान अनुसार एक वर्ष थपियो।

नियमित समयमा महाधिवेशन भएको भए कांग्रेसले कोरोनाकालको सामना गर्नुपर्ने थिएन। थपिएको एक वर्षमा कोरोना र पार्टीभित्रको द्वन्द्वले गत फागुनमा महाधिवेशन हुन सकेन। संविधानले दिएको अधिकार प्रयोग गरि भदौसम्मको अवधि थपियो। संविधानले दिएको ६ महिने अवधि भदौ २३ मा सकिँदैछ। उक्त अवधिमा पनि महाधिवेशन हुन नसक्ने परिस्थिति बनेपछि पौडेल भन्छन्, ‘आज आएर त्यसभित्र (भदौ २३ अघि) पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ।’

वर्तमान नेतृत्वको चरम असफलता र लापरबाहीले पार्टी यस अवस्थामा आएको पौडेललको तर्क छ। देउवाप्रति आक्रोश मिश्रित अभिव्यक्ति दिँदै पौडेलले नेतृत्वको ‘चरम असफलता र लापरबाही’ देशकै विडम्वना भएको उल्लेख गरेका छन्।

यस्तै, प्रकृतिको आक्रोश देउवाप्रति पौडेलको गत निर्वाचनमा पार्टीले ‘ऐतिहासिक हार’ व्यहोर्दा पनि थियो। २०७४ माघमा पौडेलले पार्टी बैठकमा देउवाप्रति चरम असन्तुष्टि व्यक्त गर्दै भनेका थिए, ‘तपाईं जतिपटक प्रधानमन्त्री बन्नुभयो। त्यति नै पटक कांग्रेसले क्षति व्यहोरिरहेको छ।’ देउवा प्रधानमन्त्री तथा सभापति हुँदा कांग्रेसले अवनति व्यहोर्दै आएको पौडेलको बुझाइ छ।

पौडेलको उक्त अभिव्यक्ति हेर्दा देउवा प्रधानमन्त्री हुँदा कांग्रेसको प्रगति भन्दा दुगर्ति भएको देखिन्छ। पौडेलको अभिव्यक्तिलाई आधार बनाएर देउवाको विगत नियालौं :

  • राज्यको बागडोर देउवाले पहिलोपटक सम्हालेको बेला तत्कालीन माओवादीले ‘जनयुद्ध’ सुरु गर्‍यो। उनी पहिलोपटक प्रधानमन्त्री भएको समय ०५२ फागुन १ देखि  तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ सुरु गरेको थियो। 
  • देउवा प्रधानमन्त्री भएकै समयकाल (०५२) मा पजेरो संस्कृतिको विकास भएको भन्दै उनी विवादमा तानिए। प्रधानमन्त्रीकालमा सबैभन्दा बढी मन्त्रीहरु नियुक्तिका कारण पनि उनी विवादित बने।
  • २०५९ सालमा देउवा दोस्रोपटक प्रधानमन्त्री पदमा आसिन थिए।  माओवादीद्वारा सञ्चालित 'जनयुद्ध' उत्कर्षमा थियो। सशस्त्र युद्धमा रहेको माओवादीलाई निस्तेज पार्न संकटकालको अवधि लम्ब्याउने वा हटाउने विषयमा कांग्रेसमा चर्को मतभेद देखियो। पार्टीभित्रकै अर्को समूहबाट असहयोग हुने भएपछि देउवाले ०५९ ज्येष्ठ ८ मा प्रतिनिधि सभा विघटन गरे। 
  • २०५९ कात्तिक २७ मा प्रतिनिधि सभा सदस्यका लागि देउवाले घोषणा गरेको निर्वाचन हुन सकेन। संकटकालले माओवादी जनयुद्ध निस्तेज पार्न सकेन। देउवा थप आलोचित बने। 
  • २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई ‘अक्षम’ प्रधानमन्त्री घोषणा गर्दै पदबाट अपदस्थ गरे। प्रतिगमनको ‘मतियार’ देउवा बनेको आरोप पार्टीभित्र लाग्यो। विवाद बढ्दै गएपछि उनले कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। 
  • तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम भनि हटाएका उनै देउवालाई २०६१ मा पुनः प्रधानमन्त्री बनाए। 
  • संविधान निर्माण पश्चात् संघीय संरचनाको निर्वाचन गराउने जिम्मेवारी देउवाको काँधमा आएको थियो। निर्वाचनमा एक सय ६५ स्थानको प्रत्यक्ष निर्वाचनमा कांग्रेस तेस्रो स्थानमा खुम्चियो। २३ सिटमा खुम्चिएपछि ‘लज्जास्पद’ हार भन्दै उनको तीव्र आलोचना भएको थियो। अर्कोतर्फ, कांग्रेससँग सरकारमा रहेको माओवादी केन्द्रले विपक्षी गठबन्धन एमालेसँग गठबन्धन बनाउन लाग्दा समेत देउवाले भेउ नपाएको उनीमाथि आरोप लाग्यो। संविधान बनाएको जस लिन समेत देउवा असमर्थ भएको बुझाइ पार्टीमा छ।

‘असफल’ सभापति
२०७२ को फागुनमा देउवा सभापतिमा चुनिए। देउवाको कार्यकालमा तीन भातृ संस्थाको महाधिवेशन भएको थियो। नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघमा महाधिवेशन गरिएपनि अन्तत: भागबण्डामा पदाधिकारी टुंगाइएको थियो। देउवा कार्यकालमै यी तीन भातृ संस्थाको कार्यकाल सकिएपनि उनले महाधिवेशन गर्न सहजीकरण नगरिदिएको आरोप पार्टीमा छ। नेविसंघले महाधिवेशन गर्न नसकेर तदर्थ समितिबाट चलिरहेको छ। तदर्थ समितिमा रहेको नेविसंघलाई दुईपटक दिएको अवधि पनि सकिएको छ। तरुण दल र महिला संघका पदाधिकारीको अवधि दुईपटक दलले थपिदिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

दलका प्रमुख भातृ संस्थाको नियमित महाधिवेशन गराउन देउवा चुकेको आरोप लागेको छ। साथै, वर्षौंदेखि रोकिएका अन्य भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन पनि उनले गराउन सकेनन्। प्रेस युनियन, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, नेपाल किसान संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल ठाकुर समाज, तामाङ संघलगायतका भातृ तथा शुभेच्छुक संस्थाले वर्षौं महाधिवेशन गर्न सकेका छैनन्।

महाधिवेशनपछि पार्टीभित्रका समूहलाई सन्तुलन मिलाउन नसकेका उनी निर्वाचनपछि भातृ तथा शुभेच्छुक संस्थामा कमजोर भए। २०७४ सालको निर्वाचनपछि महाधिवेशन भएका भातृ तथा शुभेच्छुक संस्थाबाट उनले पकड गुमाए। निजामती कर्मचारी संघ, ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए) नेपाल निर्माण मजदुर संघ र यातायात मजदुर संघमा देउवाको पकड गुमेको छ।

पार्टीभित्रको विवादको कारणले देउवाले विभाग गठन गर्न चार वर्ष बढी लगाए। सभापति बनेको तीन महिनाभित्र गठन हुनुपर्ने विभाग नियमित कार्यकाल (चार वर्ष) सकिएपछि गठन गरे। विधान विपरीत संख्या बढाएपछि पौडेल पक्ष झनै रुष्ट बन्यो।

देउवा पक्षको प्रतिवाद
पार्टीभित्रको असन्तुष्ट समूहले देउवालाई बदनाम गराउन ‘विरोधका लागि विरोध’ गरेको अर्थ्याउँछ। देउवा प्रधानमन्त्री हुँदा पार्टीभित्रैको एक समूहले हरेकपटक असहयोग गर्दै आएको केन्द्रीय सदस्य डिना उपाध्याय बताउँछिन्। पार्टी सभापति भएदेखि नै असन्तुष्ट उक्त पक्षले अहिले प्रधानमन्त्री बनेदेखि नै ‘प्रहार’ सुरु गरेको उनको बुझाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जमिनको समान वितरण, दलितहरुका लागि विभेद अन्त्य गर्ने तथा महिलालाई अंशको हकदार बनाउने कार्यमा देउवाको भूमिका रहेको उनीपक्षीय नेता मीन विश्वकर्मा बताउँछन्। विगतमा प्रभावकारी भूमिका निर्वाह गरेकै कारण ६१ प्रतिशत मतसहित देउवा सभापति बनेको विश्वकर्माले बताए। 

थारू समुदाय रहेको कमैया र कमलरीको प्रथा अन्त्यको घोषणा देउवा प्रधानमन्त्री हुँदा भएको थियो २०५७ को २ साउनमा देउवा नेतृत्वको सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो। २०५८ सालमा उनकै कार्यकालमा भूमिसुधार ऐन लागू गरेर जग्गामा हदबन्दीको व्यवस्था सुरु भएको थियो। २०५९ सालमा मुलुकी ऐनको संसोधनमार्फत् महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित गरेको दाबी देउवाले गर्छन्।

२०५९ सालमा भ्रष्टचार निवारण ऐन पारित गरेर अख्तियारलाई बलियो बनाएको जस देउवाले लिने प्रयास गर्छन्। 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्