• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

स्थानीय सरकारमाथि राजनीतिक नेतृत्वको मनशाय के होला?

शारदा अर्याल सोमबार, साउन २५, २०७८  १६:१५
1140x725

श्रावण २४ गते सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम बुझायो। कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रमको ३.३ को बुँदा नं. ५ मा “स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा अर्थात् क्षेत्राधिकार भित्र ल्याउन आवश्यक कार्य गर्ने” भन्ने व्यवस्था नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संवैधानिक एवं कानुनको मर्म र प्रावधान विपरित रहेपछि यसको चर्को बिरोध भयो। 

सवत्र विरोध भएपछि आइतबार औपचारिक रुपमा सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत राख्ने प्रस्ताव हटाइएको छ। सत्ताको नेतृत्व गरिरहेका दलले नै संविधान र  कानुनको मर्म तथा प्रावधान विपरित गर्न लागेका यस्ता प्रयासले तीन तहको सरकारमाथि नेतृत्वको मानसिकतालाई बुझ्न सहयोग पुग्छ। 

यस्तो कार्य संघीयताको मर्मको बर्खिलाप हुने गरी संघीय लोकतान्त्रिक व्यवस्थाको प्रावधानलाई लत्याउन गरिएको पहल कदमी हो। स्थानीय सरकार, तीन तहका सरकार मध्येको सबैभन्दा तल्लो तहको, जनताबाट प्रत्यक्ष निर्वाचित इकाइ हो।

नेपालमा संघीय शासन प्रणाली लागू भएसँगै सबैभन्दा लोकप्रिय सरकारको रुपमा कार्यसम्पादन गरी जनताहरुलाई वास्तविक सरकारको प्रत्याभूति गराउने सरकार पनि यही हो। जनता बीचमा गरेका राजनीतिक प्रतिबद्धताहरु पूरा गर्ने सम्बन्धमा सबैभन्दा सन्निकटता प्राप्त गरेको स्थानीय सरकार आफैंमा दिगो विकास र संघीयता कार्यान्वयन गर्न सहयोग गर्ने बलियो आधार स्तम्भ भनौं वा मजबुत मियो हो। 

संविधानको भाग ५ मा राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड सम्बन्धी व्यवस्था गरेको छ। जसको धारा ५६ मा राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी  ३ तहको हुनेछ भनि स्पष्ट गरिएको छ। धारा ५७ ले राज्यशक्तिको प्रयोग पनि ३ तहका सरकारले संविधानको अनुसुचिहरुमा उल्लेख गरे अनुसार संविधान र कानुन बमोजिम गर्ने छन्  भन्ने व्यवस्थाले तीन तहको सरकारको पहिचान, संरचना र राज्यशक्तिको प्रयोगमा स्पष्ट क्षेत्राधिकार उल्लेख गरेको छ। यस्तो अधिकारको प्रयोग गर्दा सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भनि संविधानको धारा २३२ (१) मा स्पष्ट प्रावधान छ।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानका प्रावधानहरुमा रहेका स्पष्ट व्यवस्थाहरुलाई अनदेखा गरी, कुल्चिइ, मनेमानी संविधानको व्याख्या गरी संविधान कार्यान्वयनको धरातल नै बिग्रने गरी स्थानीय तहमाथि देशका मुख्य राजनीतिक दलले दुराशय राख्न खोज्नु संविधान र संघियता विरोधीहरुको विकृतपूर्ण धारणा सिवाय अरु केही होइन। 

करिब साढे चार वर्षको कार्यकालमा सबैभन्दा सक्रिय र प्रभावकारी सरकारको रुपमा जनताहरुको माझमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकोले जनताहरुको विश्वास जित्न सफल भएको सरकारको कार्यकाल सकिने र नयाँ जनप्रतिनिधिको आगमन हुने समयाबधिको मौका छोपेर यी र यस्ता कार्यक्रम ल्याउनुको मनशाय एवं उद्देश्य के होला? जो कोहीले अनुमान गर्न सक्छ।

त्यसमा पनि संविधानको सुरुदेखि नै विरोध गर्दै आएका तत्वहरुको समेत संलग्नता रहेको अवस्थामा त यो छर्लङ्ग नै हुन्छ। संविधानको प्रस्तावनादेखि भाग ५, धारा ५६, ५७, ५८, ५९ र ६० तथा भाग १७, १८, १९ र २० तथा अनुसूची ८ मा स्थानीय सरकार एकल अधिकारको सम्बन्धमा गरेका संवैधानिक प्रावधानहरुलाई लत्याउनुले स्थानीय सरकार र यसको संवैधानिक अधिकार माथि कुठाराघात गर्ने मात्र होइन स्थानीय सरकारलाई अपूरणीय क्षतिसमेत पुर्‍याउने पक्का छ।

जनप्रतिनिधिले यो बुझन जरुरी छ, अब संविधान, संघीय लोकतन्त्र, मानव अधिकार, कानुनको शासन, मौलिक हक एवं कानुनी हकको विरोध गरेर आगामी राजनीतिक भविश्य सुनिश्चित हुन सक्दैन। किनकी यो मानवअधिकार, विकास र सम्बृद्धिको दिगो आधारशीला हो।  यसको मार्गमा पलाउने ऐजेरु अब अगाडि जान सक्दैन। यसको पतन सुनिश्चित छ ।  

स्थानीय सरकार, विकास र निकासका लागि राज्यको  एकमात्र सक्रिय संयन्त्र हो। चाहे विवादहरुको शीघ्र समाधान गर्न होस्, वित्तीय व्यवस्थापन, नीति, योजना र कार्यक्रमको तर्जुमा तथा कानुन तर्जुमाको विषय होस्, या  कोभिड नियन्त्ररण र व्यवस्थापनमा सबैभन्दा सक्रिय भएर प्रभावकारी रुपमा  कार्य सम्पादन गर्न सक्नुको पछाडि यसलाई निर्भिक रुपमा आफ्नो कार्यगर्ने अधिकार संविधानले प्रदान गर्नुको श्रेय नै हो।

अरु कसैको अधिनमा राखेर अधिकार प्रत्यायोजन गरेर कार्य गर्ने शैलीमा यसलाई लैजाने हो भने पुनः देश पुरानै दलदलमा जानेछ। तसर्थ, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो विकास र कार्यान्वयनका लागि स्थानीय सरकारको जनमैत्री शासन प्रणालीे सबलीकरण र सुदृढीकरणले मात्र सम्भब छ।  यसलाई उथलपुथल नपारौं र गम्भीर राष्ट्रिय दुर्घटना हुनबाट जोगाऔं।

(लेखक अर्याल अधिवक्ता हुन्।)

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्