काठमाडौं– नेपाली सना र विदेशी सैनिक समेतको सहभागितामा मुस्ताङमा 'हाइ अल्टिच्यूड तथा माउन्टेन वारफेयर' तालिम सुरु भएको छ।
नेपाली र विदेशी सैनिक कर्मचारीलाई पहाडी युद्दकला, रक क्राफ्ट, आइस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्य अनुरुप मुस्ताङको जोमसोममा तैनाथ नेपाली सेनाको उच्च शिखर शिक्षालयमा स्वदेशी तथा विदेशी (सैनिक) शिक्षार्थी सहभागी गराइ आइतबारदेखि 'हाइ अल्टिच्यूड तथा माउन्टेन वारफेयर' तालिमको शुभारम्भ गरिएको हो।
उक्त तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जा ६५ जना गरि जम्मा ८१ जना सहभागी भएका छन्। विदेशी शिक्षार्थीतर्फ अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जा गरी ५ जना शिक्षार्थी (सैनिक) सहभागी भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
शिक्षालयका शिक्षाधिकृत महा सेनानी सुरेश हमालले आइतबार प्रथम प्रवचन दिएपछि सुरु भएको तालिम मिति आगामी असोज १ गतेसम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।