काठमाडौं– बैंकिङ कसूर मुद्दामा दोषी ठहर भइ फरार भएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भई काठमाडौं टोखा बस्ने ४२ वर्षीय चिरायु खालिङ छन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महालक्ष्मीस्थानबाट शनिबार पक्राउ गरेको हो।
उनीविरुद्ध बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले गत फागुन १० गते ६ दिन कैद र साढे १५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।