काठमाडौैं- दाङको कोइलाबास नाकाबाट अवैध रूपमा भन्सार छलि गरेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१० नारायणपुर निवासी २८ वर्षीय नरबहादुर पुन र लमही नगरपालिका रातो डाँडा निवासी ३० वर्षीय प्रदिप खत्री रहेको प्रहरीले जानएको छ।
शुक्रबार बेलुका दाङ गढवा गाँउपालिका ८ कोइलाबास नाकास्थित चिहान डाँडा भारतबाट अवैध रुपमा भन्सार छलि गरी सामान ल्याउँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र सीमा प्रहरी चौकी कोइलाबासबाट खटिएको टोलीले संयुक्त रूपमा खानतलासी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुको साथबाट प्लाष्टिकको सेतो बोरामा प्याक गरेको १६६ जोर जुत्ता बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।