काठमाडौं- टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा स्पेनलाई २-१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण रक्षा गरेको हो।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको दोस्रो हाफमा माल्कमले गोल गर्दै ब्राजिललाई जित दिलाएका हुन्।
त्यसअघि खेलको ३८औं मिनेटमा रिचार्लीसनले पेनाल्टी चुकाउँदा ब्राजिल अग्रता लिनबाट चुकेको थियो। उनले गरेको प्रहार पोस्टभन्दा निकैबाट बाहिरको थियो।
तर, पहिलो हाफको इन्ज्युरी समयमा माथिअस कुन्हाले गोल गर्दै अग्रता दिलाए। स्पेनका डिफेन्डरले क्लिअर गर्न नसक्दा कुन्हाले गोल गरे।
६१औं मिनेटमा मिकेल ओयाराज्बलले स्पेनलाई बराबरीमा ल्याए। उनले कार्लोस सोलेरको क्रसलाई पहिलो टचमै गोल गरेका थिए।
अतिरिक्त समयको १ सय ८औं मिनेटमा न्टोनीले दिएको थ्रु पासमा माल्कमले विजयी गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।