काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेको बताइएको छ।
उनको साथबाट ४१२ ग्राम यार्सागुम्बा र ६५० ग्राम सिलाजित तथा १०० ग्राम रातो केशरीजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ख २१११ नंको बसलाई नागढुङ्गामा जाँच गर्ने क्रममा झोलाभित्र लुकाई ल्याएको उक्त जडीबुटी फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।